माध्यमिक परिक्षार्थीको झुन्डिएको अवस्थामा शव उद्धार

जलपाईगढी : जलपाईगढीको विवेकानन्दपल्ली इलाकामा माध्यमिक परिक्षार्थीको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा शोकको लहर छाएको छ। मृतक छात्रा 16 वर्षीय मनिका कीर्तनिया धर्मुदेव हाई स्कुलको विद्यार्थी हुन्। मृतक छात्राको परिवारका सदस्यहरूले बताएअनुसार हिजो बुधबार भूगोलको परीक्षा दिएर घर आएपछि मनिका स्वाभाविक नै थिइन्। तर आज बिहान परिवारका सदस्यहरूले घरभित्रबाट झुन्डिएको अवस्थामा तिनको शव भेट्टाएको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी सुपर स्पेसालिटी अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *