माध्यमिक परीक्षा अवधि छात्रा अस्वस्थ भएपछि अस्पतालमा भर्ना

सिलगढी : माध्यमिक परीक्षाको तेस्रो दिन आज फेरि एकजना छात्रा अस्वस्थ भएपछि तिनलाई अस्पतालमा भर्ना गरिएको छ। आज बिहिबार माध्यमिक परीक्षाको तेस्रो दिन भूगोलको परीक्षा चलिरहेको समय अचानक सिलगढ़ीको हाकिमपाड़ा बालिका विद्यालय केन्द्रमा डा. राजेन्द्र प्रसाद हाई स्कूलको सीसी परीक्षार्थी छात्रा भूमि ठाकुरको परीक्षा सुरू भएको केही समय पछि अचानक शारीरिक स्थिति खराब भएपछि तिनी अचेत भएर भूइँमा लड़िन्। यसपछि तत्कालै तिनलाई शिक्षक-शिक्षिकाहरूको सहयोगमा सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्याएपछि हाल तिनी चिकित्सारत् अवस्थामा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *