माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिको सभा

खरसाङ : माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिको सभा आज खरसाङको रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न भयो । संगठनको सभापति बिमल शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समिति अन्तर्गत पर्ने चारवटा सर्कलहरूलाई लिएर उक्त सभा सम्पन्न भयो। सभापछि पत्रकारहरूसित बोल्दै संगठनको सभापति बिमल शेर्पा र सचिव निमा लेप्चाले सभामा भएको छलफल र प्रस्तावहरू विषयमा विस्तृत रूपमा जनाए। आजको सभामा माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिबाट दार्जीलिङ जिल्ला समिति र केन्द्रीय समितिमा क-कसलाई प्रतिनिधिको रुपमा पठाउनु पर्ने विषयमा छलफल गर्दै प्रत्येक सर्कलबाट जिल्ला समितिमा दुईजना र केन्द्रीय समितिमा एकजना प्रतिनिधि पठाउने निर्णय गरिएको छ। त्यसरी नै संगठनको पक्षबाट जीटीए चेयरम्यान अनित थापासित भेटघाट गर्नलाई चाढ़ै जानु पर्ने र भेटघाटमा सबैको सहभागिताको लागि आह्वान पनि गरियो। सभामा विभिन्न विद्यालयहरूमा स्थान्तरण भएर आएका शिक्षकहरू जसले 15-20 वर्ष कार्य गरिसकेकाहरूका लागि पहल गर्ने निर्णय गरिएको साथै स्कूल भर्ना विषयमा पनि चर्चा गरिएको सचिव निमा लेप्चाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *