माध्यमिक तथा उच्च माध्यमिक परीक्षा रद्द गरिएको मुख्यमन्त्रीद्वारा घोषणा

कोरोना महामारीले गर्दा यस वर्ष माध्यमिक तथा उच्च माध्यमिक परीक्षा रद्द गरिएको छ। जनमतको आधारमा यस वर्ष माध्यमिक तथा उच्च माध्यमिक परीक्षा रद्द गरिएको मुख्यमन्त्री ममता ब्यानर्जीले आज घोषणा गरिन्। यस वर्ष माध्यमिक तथा उच्च माध्यमिक परीक्षा नगरेर यसको मूल्याङ्कन कसरी गर्न सकिन्छ भन्ने विषयमा आगामी 7 दिनको अवधिमा जनाइने तिनले बताइन्। स्मरण रहोस्, यस वर्ष माध्यमिक तथा उच्च माध्यमिक परीक्षा सम्पन्न गरिने विषयलाई लिएर मुख्यमन्त्री ममताले जनताको मत चाहेकी थिइन् भने धेरैजसो मानिसहरूले परीक्षा रद्द गर्ने पक्षमा रहेकोले गर्दा नै जनमतको आधारमा माध्यमिक तथा उच्च माध्यमिक परीक्षा रद्द गर्ने निर्णय लिएको मुख्यमन्त्री ममता ब्यानर्जीले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.