माध्यमिक तथा उच्च माध्यमिक परीक्षाका मेधावी विद्यार्थीहरूलाई सम्मान

राजगञ्ज : तृणमूल कङ्ग्रेसले राजगञ्ज इलाकाका यस वर्ष माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। आज राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसको पहलमा बेलाकोवा देवी चौधरानी सभाकक्षमा एउटा कार्यक्रम आयोजना गरेर लगभग 13 जना मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। यस सम्बन्धमा राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेस अध्यक्ष अरिन्दम ब्यानर्जीले बताएअनुसार यस वर्ष ब्लकका माध्यमिक र उच्च माध्यमिकका मेधावी विद्यार्थीहरूलाई सम्मान जनाउनको साथै तिनीहरूको उज्जवल भविष्यको कामना गरियो। यसबाहेक भविष्यका विद्यार्थीहरूले यी उपलब्धिहरूबाट प्रेरणा पाउनेछन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनराजगञ्जका विधायक खगेश्वर राय, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, जिल्ला परिषदका को-मेन्टर अहिदर रहमान, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष पूर्णिमा राय, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत मेधावी विद्यार्थीका अभिभावकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *