मध्यरातमा पुलिसको सहयोगमा अस्वस्थ्य देवर्षी काननगोले पाए जीवन दान

सिलगढी : सिलगढीको नवग्राम निवासी देवर्षी काननगोलाई गत राति हठात् छात्ती दुख्नको साथै श्वास लिनमा असुविधा भएपछि एम्बुलेन्स लगायत विभिन्न ठाउँमा फोन गरे तापनि कुनै सहयोग पाएनन्। यसपछि सिलगढी पुलिस कमिश्नरेटको वेबपेजमा दिएको एउटा नम्बरमा फोन गरेर तिनले आफू अस्वस्थ्य रहेको जानकारी गराए। यसबारे एनजेपी थानाका ओसी समिर तामाङले जानकारी पाएपछि पुलिसको वाहन तत्कालै अस्वस्थ्य देवर्षी घरमा पठाइदिए। सब इन्स्पेक्टर कमलेश जोयारदार लगायत वाहनमा रहेको अन्य पुलिस कर्मीहरूले तिनलाई तत्कालै सिलगढी अस्पतालमा उपचारको लागि लगे। उच्च रक्तचात तथा सुगरले गर्दा देवर्षीलाई यस प्रकारको समस्या भएको त्यहाँका चिकित्सकहरूले बताए। अस्पतालमा तिनको उपचार चलेपछि हाल तिनी स्वस्थ छन्। पुलिसको उक्त सहयोगको लागि तिनले धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *