मदपान गरेका युवकहरूद्वारा क्रिकेटर ऋचा घोषको बाबुमाथि हमला

सिलगढी : मदपान गरेर झगडा गरिरहेका युवकहरूको प्रतिवाद गर्दा भारतीय महिला क्रिकेट टीमका सदस्य ऋचा घोषको बाबु हमलाको सिकार भएका छन्। ऋचा घोष सिलगढी सुभाषपल्ली निवासी हुन्। घटनाक्रमअनुसार गत राति मदपान गरेको अवस्थामा केही युवकहरू ऋचा घोषको घर नजिक झगडा गरिरहेको समय तिनका बाबु मनबेन्द्र घोषले यसको प्रतिवाद गर्दा ती युवकहरूले तिनीमाथि हमला गरेको आरोप रहेको छ। घर नजिक ऋचाको दिदीको साथी एउटा वाहन समेत तिनीहरूले तोड़फोड़ गरिदिएको बताइएको छ। घटनापछि मनबेन्द्र घोषले सिलगढी थानामा एउटा अभियोग दर्ता गरेका छन्। बाहिरका मानिसहरू त्यहाँ आएर समय-समया झगडा गर्ने गरेको तिनको आरोप रहेको छ।  सिलगढी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *