मगर बोर्डका सदस्यसहित घैयाबारीबाट 30 जना बिमल पन्थीमा सामेल

खरसाङ : पश्चिम बंगाल मगर विकास बोर्डका सदस्य एवम् हिल तृणमूल कङ्ग्रेसका सदस्य सुमन थापासहित घैयाबारीबाट 30 जना बिमलपन्थी गोजमुमोमा सामेल भएका छन्। घैयाबारी लोअर गैरी गाउँ क्षेत्रका मोठ 30 जना सुमन थापाको अगुवाईमा तृणमूल कङग्रेस छोडेर बिमलपन्थी गोजमुमोमा सामेल भएका छन्। सामेल हुनेहरू सबै जनालाई दार्जिलिङको पातलेबाँसस्थित गोजमुमोको पार्टी कार्यालयमा पार्टी अध्यक्ष बिमल गुरुङको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा सामेल गराइयो। यस अवसरमा बिमलपन्थी युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति सत्यम छेत्री, घैयाबारी खण्डको युवा मोर्चाका सभापति दिप सन्यासी पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *