मगरजोङ चियाबारीको थीङ गाउँमा चिकित्सा सामग्री प्रदान

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीन  अन्तर्गत  मगरजोङ चियाबारीको थीङ गाउँमा गैर सरकारी संस्था मुख बन्द काम शुरू-द्वारा चिकित्सा सामग्री प्रदान गरियो। कोरोना महामारीको बढ्दो प्रकोपलाई ध्यानमा राखेर उक्त संस्थाद्वारा थीङ गाउँमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर लगायत  आवश्यक सामग्री प्रदान गरेको स्थानीय अलुङ तामाङले जानकारी दिएका छन्। उक्त सामग्रीहरू प्रदान गरेकोमा ग्रामवासीको पक्षबाट संस्थाका प्रतिनिधिप्रति आभार प्रकट गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *