मगरजोङका गुरुङ परिवार क्वारेन्टाइन मुक्त

सुकेपोखरी : मगरजोङ बहादुर गाउँ निवासी सञ्जिव गुरुङ अनि तिनकी स्वास्नी कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका थिए भने आज 17 दिनपछि स्वास्थ्य विभागको निर्देशमा तिनीहरूलाई क्वारेन्टाइन मुक्त गराइयो। सम्पूर्ण गाउँ-समाज तथा आईसीडीएस कर्मी शर्मिला प्रधान तथा स्वास्थ्य विभागीय कर्मचारी प्रिया ठकुरीले तिनीहरू द्वयलाई खदा लगाएर स्वास्थ्य विभागबाट उपलब्ध गराइएको प्रमाण पत्र प्रदान गरे।


सञ्जिव गुरुङले आइसोलेसनमा बसेको समय आफूहरूको मनोबल बढाउनको साथै सहयोग गरेकोमा विभिन्न राजनैतिक दल, सामाजिक संस्था, गाउँ-समाज अनि छिमेकीहरूलाई कृतज्ञता व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *