मगरजोङका मणिकुमार सार्कीको घर पैह्रोको चपेटमा

सुकेपोखरी: लगातार परेको भारी वर्षाको कारणले मगरजोङ निवासी मणिकुमार सार्कीको घर पैह्रोको चपेटमा परेको छ। तथापि तिनका घरका परिवारका सदस्यहरू भने भाग्यले बाँचे। घरकै मुनितिर पैह्रो गएकोले गर्दा आगामी दिनमा ठूलो घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर साहुलियतको निम्ति पोख्रेबुङ ग्राम पञ्चायत तीन-मा सूचित गरिएको बताइएको छ। अझ लगातार पानी परेको खण्डमा कुनै पनि समय घर नै पैह्रोले सोह्रेर लैजाने स्थितिमा पुगेकोले घरका परिवारहरू चिन्चित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *