मगरजोङमा गोजमुमो बिमल खेमाको शाखा कमिटी गठन

सुकेपोखरी  : मगरजोङ माथिलो विभागमा एक विशेष सभाको आयोजना गरी गोजमुमो बिमल खेमाको कमिटी गठन गरिएको नागरी-धजे 16 नम्बर समष्टि सचिव सचिन खालिङले जानकारी दिएका छन्। सभाको पहिलो चरणमा मनोज राईको बाहुलीबाट दलीय झण्डा उत्तोलन गरी सभा आरम्भ गरियो। उक्त सभा शान्ति प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने सभालाई नागरी धजे 16 नम्बर समष्टि सचिव सचिन खालिङले सञ्चालन गरेका थिए। सभामा 16 नम्बर समष्टि अध्यक्ष विक्रम तामाङ, सचिव सचिन खालिङ, मगरजोङ बाहुन गाउँ प्रशाखा सभापति मनोज राई, सचिव सुरज शर्मा, पार्टी प्रवक्ता सुवास तामाङ, नारी मोर्चाका सदस्यहरू लगायत अन्यहरू उपस्थित थिए। सभामा शाखा कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति अजन्त तामाङ, उपसभापति अरुण खवास, सचिव सन्जिब सुब्बा, उपसचिव लगायत मोठ 31 जना सदस्य चयन गरियो। गोजमुमो अध्यक्ष बिमल गुरुङलाई शाखाद्वारा भव्य रूपमा स्वगत जनाउनेबारे शाखा कमिटीले निर्णय लिएको खालिङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *