मगरजोङमा संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको सभा

सुकेपोखरी : संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठन पोख्रेबुङ चामोङ तथा नागरी धजे समष्टिको सभा इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालय मगरजोङमा आज सम्पन्न भयो। अमर स्याङदेनको अध्यक्षतामा सम्पन्न सभालाई योगेश चन्द्र राईले सञ्चालन गरेका थिए। दुईवटा समष्टि अन्तर्गत रहेको पाँचवटा उच्चतर माध्यमिक विद्यालयका शिक्षणकर्मीको उपस्थितिमा सम्पन्न सभामा गोजमुमो नागरी धजे समष्टि अध्यक्ष अञ्जुल चौहान, सचिव किशोर छेत्री, केन्द्रिय सहसचिव ज्योतिकुमार राई, केन्द्रीय सदस्य सीडी बान्तावा तथा अन्यको उपस्थिति रहेको थियो। सभामा सङ्गठनको नयाँ समिति गठन गरियो। जसमा अध्यक्ष रिवाङ तामाङ, उपाध्यक्ष सन्तराज मङ्ग्राती र हीरा लेप्चा, सचिव अरूण दियाली, सहसचिव सञ्जयराई र कुन्दन थापा तथा अन्यलाई चयन गरियो। नवगठित समितिले सङ्गठनको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *