मगरजोङमा सोलर स्ट्रीट लाइन जड़ान कार्यको शिलान्यास

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत हिल तृणमूल कङ्ग्रेस नागरी धजे समष्टिको तत्वावधानमा आज सोलर स्ट्रीट लाइन जड़ान कार्यको विधिवत् रूपमा शिलान्यास गरियो। दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसका संयोजक एनबी खवास, खण्ड अध्यक्ष एसके राई तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा मगरजोङ निम्न प्रान्तको शङ्खमान गाउँको एसएसके परिसरमा शिलान्यास कार्यक्रम सम्पन्न गरियो। विशेष राज्य सरकारको योजना अन्तर्गत धजे बस्तीको निम्ति अनुमानित 20 लाख तथा मगरजोङ क्षेत्रको निम्ति 18 लाख रूपियाँको लागतमा उक्त लाइट जड़ान गरिने एनबी खवासले बताए। कार्यक्रमलाई एनबी खवास, एसके राई, किशन प्रधान तथा अन्यले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *