मगरजोङ निज गाउँमा सेनिटाइज

सुकेपोखरी : कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर गोरामुमो नागरी धजे समष्टि अन्तर्गत मगरजोङ निज गाउँ युवा समूहद्वारा आज सेनिटाइज गरियो। युवा समूहलाई स्थानीय मानिसहरूलाई कोरोनाबारे जागरूक गराउँदै यहाँको घर-घरमा सेनिटाइज गरेको बताइएको छ। उक्त सेनिटाइजेसन कार्यमा सर-सामग्रीको सहयोग पुर्‍याइदिएकोमा गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा तथा नागरी धजे समष्टि पार्टी कार्यकर्ताप्रति आभार प्रकट गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *