माघे सङ्क्रान्तिको लागि तरूल किन्नेहरूको बजारमा भीड़

दार्जिलिङ: भारतीय नेपालीहरूले पालन गर्ने माघे सङ्क्रान्ति पर्वलाई ध्यानमा राखेर पहाडका विभिन्न ठाउँहरूमा विभिन्न प्रकारका तरूलको बजार शुरू भएको छ। माघे सङ्क्रान्तिमा विशेष गरि तरूल खाने चलन रहेको कारण हाल पहाड़को दार्जिलिङ बजार, कालेबुङ, खरसाङ, मिरिकलगायत अन्य विभिन्न ठाउँहरूमा लाग्ने बजारहरूमा विभिन्न प्रजातिका तरूलहरू बेच्नको लागि राखिएको छ।


तरूलहरू किन्नको लागि मानिसहरूको बजारमा आजदेखि भीड़ लाग्न थालेको देखिन्छ। बजारमा विशेष गरेर सिमल तरूल, सकरकन्द, घर तरूल, वन तरूल आदि बिक्रीमा राखिएको अनि मानिसहरू यसलाई किन्न उत्साहपूर्वक आइरहेको दार्जिलिङ सब्जी बजारकी एकजना महिला तरूल बिक्रेता बताउँछिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *