माघे संक्रान्ति: मिरिक बजारमा तरूलको बजार

मिरिक: हिन्दुहरूको चाँड माघे संक्रान्तिलाई ध्यानमा राखेर मिरिक बजारमा विभिन्न प्रकारका तरूलहरू बेच्न राखिएको छ। ती तरूल बिक्रेताहरूको भनाई अनुसार यसवर्ष तरूल राम्रो दाममा बिक्री भइरहेको छ। दार्जिलिङ पहाडमा विशेष गरेर माघे संक्रान्तिलाई तरूल पर्वको रूपमा मानिने प्रचलन रहेकोले तरूल अनिवार्य रूपमा मानिसहरूले किन्ने गर्छन् भन्ने कुरालाई ध्यानमा राखेर नै मिरिक बजारभरि हाल तरूलहरू बिक्रीमा राखेको छ। आज बिहानैदेखि मिरिक बजारमा बिक्री गर्न राखिएको तरूलहरू किन्न मानिसहरूको भीड लागेको देखियो।


तरूल विक्रेताहरू अनुसार हाल पिँडालु 50 रूपियाँ, घर तरूल 70 रूपियाँ, वन तरूल 80 रूपियाँ, सिमल तरूल 50 रूपियाँ प्रतिकिलो बिक्री भइरहेको छ। हाल गाउँ बस्तीमा तरूलको उत्पादन घटेकोले गर्दा नै प्रत्येक वर्ष यसको मूल्यमा वृद्धि भइरहेको तिनीहरूले बताए। अर्कोतिर, कृषकहरूको भनाई अनुसार जंगली जानवारको बढ्दो उपद्रवले गर्दा नै हाल धेरैजसो कृषकहरूले तरूल रोप्न छोडेपछि यसको उत्पादनमा कमी आएको हो अनि उत्पादन कम भएपछि नै यसको मूल्य अधिक भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *