महाविद्यालयमा शुल्क माफ गरिनुपर्ने मागमा विक्षोभ

बाघडुग्रा : कलेजको फिस माफ गरिनुपर्ने माग गर्दै आज अल इन्डिया डीएसओ-द्वारा बाघडुग्राको कालिपद घोष तराई महाविद्यालय अघि विक्षोभ प्रदर्शन गरियो। यसको साथै संगठनको तर्फबाट कलेज प्रबन्धन पक्षलाई ज्ञापन पत्र चढायो। यस सम्बन्धमा कलेज युनिट सदस्य अनन्दिता पण्डितले बताएअनुसार कोरोना महामारीले गर्दा धेरैजसो परिवार आर्थिक समस्यासित जुझिरहेका छन् भने यस्तो परिस्थितिमा कलेजको फिस तिर्नु विद्यार्थीहरू असमर्थ छन्। गत 17 अगस्तको दिन फिस माफ गरिनुपर्ने माग गर्दै ज्ञापन पत्र चढाए तापनि कलेज कर्तृपक्षले कुनै पहल नगरेकोले आज फेरि ज्ञापन पत्र चढाएको तिनले बताइन्। यसपल्ट कुनै पहल नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *