महकुमा चुनाउलाई केन्द्र गरेर तृणमूल-द्वारा बाघडुग्रामा कर्मी सम्मेलनको आयोजना

सिलगढी : सिलगढी महकुमा परिषद् चुनाउ नजिकै रहेकोले चुनाउ अघि तृणमूल कङ्ग्रेसले कर्मी सम्मेलन शुरू गरेको छ। नक्सलबारी ब्लक 1 तृणमूल कङ्ग्रेसको पहलमा आज बाघडुग्रा बालिका विद्यालयको सुभाष रस्तोगी मञ्चमा कर्मी सम्मेलनको आयोजना गर्यो। उक्त सम्मेलनमा जिल्ला सभानेत्री पापिया घोष, सिलगढीका मेयर गौतम देव, नगरनिगमका चेयम्यान प्रतुल चक्रवर्ती, डेपुटी मेयर रञ्जन सरकार, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, आनन्द घोष लगायत अन्य उपस्थित थिए। उक्त सम्मेलनमा विभिन्न पार्टी त्यागेर 300 जना कार्यकर्ताहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। सिलगढी नगरनिगम झैँ महकुमा परिषद् पनि दखल गर्नको लागि विभिन्न ठाउँमा कर्मी सम्मेलनको आयोजना गरिने जिल्ला सभानेत्री पापिया घोषले बताइन्। एउटा सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा सिलगढी नगरनिगमका सदस्यहरूलाई संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *