महकुमा परिषद् चुनाउको लागि वामफ्रन्टले जारी गर्यो प्रार्थीहरूको सूची

सिलगढी : सिलगढी महकुमा परिषद्को आगामी 26 जुनमा सम्पन्न हुने चुनाउको लागि वामफ्रन्टले आज प्रार्थीहरूको तालिका जारी गरेको छ। जिल्ला वाम संयोजक जिवेश सरकारले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर प्रार्थीहरूको नाम घोषणा गरे। यस अवसरमा वामका शीर्ष नेता अशोक भट्टाचार्य, गौतम घोष, समन पाठक लगायत अन्य उपस्थित थिए। जिवेश सरकारले तृणमूल र भाजपाको विरोधी सबै राजनीतिक दलहरूलाई आगामी महकुमा परिषद् चुनाउमा एकैसाथ चुनाउ लड़ने आह्वान पनि गरे। तिनले भने, महकुमा परिषद्को 9 वटा आसनमध्ये 8 वटा आसनमा वाम प्रार्थी खडा गरिने भएको छ भने केवल जालास निजामतारा आसनमा कङ्ग्रेस प्रार्थी खडा गरिने भएको छ। यसपछि ग्राम पञ्चायतको मामिलामा कङ्ग्रेससित आसनबारे कुराकानी गरेपछि सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउनेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *