महकुमा परिषद् चुनाउ : तृणमूल उम्मेद्वारहरूले बुझाए नामाङ्कन पत्र

सिलगढी : महकुमा परिषद चुनाउमा वाम-कङ्ग्रेसको पराजय निश्चित रहेको कुरा आज सिलगढी महकुमा परिषद चुनाउको लागि तृणमूल उम्मेद्वारहरूले नामाङ्कन पत्र बुझाएपछि जिल्ला तृणमूल सभानेत्री पापिया घोषले दावी गरिन्। तिनले बताएअनुसार सिलगढी महकुमा परिषदको 9 वटा आसनको लागि आज तृणमूल कङ्ग्रेसका उम्मेद्वारहरूले नामाङ्कन पत्र बुझाए। नामाङ्कन बुझाउन अघि तृणमूलका उम्मेद्वारहरूले सिलगढीको मल्लागढीबाट एउटा र्‍यालीको माध्यमद्वारा सिलगढी महकुमाशासक कार्यालय पुगेर आ-आफ्नो नामाङ्कन पत्र बुझाए। यस अवधि जिल्ला तृणमूल सभानेत्री पापिया घोष, मेयर गौतम देव लगायत तृणमूल जिल्ला स्तरीय नेता तथा पार्षदहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *