महकुमा परिषद र ग्राम पञ्चायत चुनाउलाई लिएर सर्वदलीय बैठक सम्पन्न

सिलगढी महकुमा परिषद र ग्राम पञ्चायत चुनाउ सम्पन्न हुने भएकोले यसलाई लिएर आज सिलगढीको मल्लागढीस्थित एसडीओ कार्यालयमा जिल्ला शासक, महकुमा शासक, पुलिस प्रशासन लगायत सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर सर्वदलीय बैठक सम्पन्न भयो। उक्त बैठकमा विशेष गरेर आगामी महकुमा परिषद र ग्राम पञ्चायत चुनाउ विषयमा विस्तृत रूपमा चर्चा परिचर्चा गरियो। बैठकपछि जिल्ला शासकले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, महकुमा परिषद र ग्राम पञ्चायत चुनाउ आगामी 26 जुनमा सम्पन्न हुने भएको छ। यसको लागि नामाङ्कन प्रक्रिया भोलि शुक्रबारदेखि शुरू भएर आगामी 2 जुनसम्म चल्नेछ। आगामी 4 जुनमा नामाङ्कन पत्रको स्क्रुटिनी हुनेछ। यसैगरी, 7 जुनमा उम्मेद्वारहरूले आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्। अर्कोतिर, आज साँझदेखि महकुमा परिषद एवम् ग्राम पञ्चायत क्षेत्रहरूमा कोड अफ कन्डक्ट लागू गरिएको छ। यसको साथै चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्नको लागि निरीक्षण गरिरहेको छ। चुनाउको मतगणनाको मिति हालसम्म तय नगरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *