महालयमा पुरुष अनि महिला म्याराथन दौड़ प्रतियोगिताको आयोजना

सिलगढी महालयको दिन आज बिहान सिलगढीको बाघाजतीन एथलेटिक क्लबको तत्वावधानमा म्याराथन दौड़ प्रतियोगिताको आयोजना गरियो। मतिगढा संलग्न रोयल एकाडेमी स्कुल परिसरदेखि 9 किलोमिटर म्याराथन दौड़को आयोजना गरियो। यस म्याराथन दौड प्रतियोगितामा मोठ 40 जना महिला तथा पुरुष प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। पुरुष तथा महिलाहरूको निम्ति भिन्न-भिन्नै दौड प्रतियोगिताको आयोजना गरिएको थियो। 9 किलोमीटर रोड रेस प्रतियोगितामा पुरुष वर्गमा प्रथम रमजान अली, दोस्रो सन्दीप साह अनि तेस्रो रतन बर्मन भए। यसैगरी, महिलाहरूको दौडमा प्रथम पायल मलिक, दोस्रो रोशनी मण्डल र तेस्रो पियाली विश्वास भइन्। प्रतियोगितामा विजयी हुने प्रतियोगीहरू क्रमैले पहिलो हुनेलाई 7 हजार, दोस्रोलाई 5 हजार अनि तेस्रो हुनेलाई 3 हजार नगद राशिसहित ट्रफी प्रमुख अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। यसको साथै उक्त दौड प्रतियोगितामा अंश ग्रहण गर्ने सबै प्रतियोगीहरूलाई मेडल दिएर सम्मान जनाइयो। यस अवसरमा भारतीय महिला क्रिकेट टीमका खेलाड़ी सिलगढीका रिचा घोष, पर्यटन मन्त्री गौतम देव, बाघाजतीन एथलेटिक क्लबका सदस्य नान्टु पाल आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *