महानदी ग्राम पञ्चायतको विभिन्न स्थानमा सर सफाई

खरसाङ (निसं): महानदी ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा आज सर सफाई गरियो। महानदी ग्राम पञ्चायतको स्वनिर्भर दलहरू, भीभीडी, भीसीडी, सर्वेक्षण टोलीविद्यार्थीहरू, स्थानीयहरू सबै मिलेर आफ्नो आफ्नो क्षेत्रमा सर-सफाई गरिएको छ। यस क्रममा महानदी ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा सर सफाई गरिएको छ।


महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाको अगुवाईमा विभिन्न स्थानहरूमा सर सफाइको कार्य सम्पन्न गरिएको छ। यस विषयमा उनले जानकारी गराउँदै यो सरकारको निर्देशनमा नै महानदी ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा सर सफाई गरिएको छ। उनले यस सर सफाई कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *