महानदीमा भागोप्रमोको सभा अनि चुनाउ को-अर्डिनेशन कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको पहलमा महानदी बुथ कमिटीलाई लिएर सभा सम्पन्न भयो। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र भागोप्रमो खरसाङ महकुमा सदस्य टंक शर्माको सञ्चालनमा सम्पन्न भयो। सभाको मुख्य उद्देश्य आगामी चुनाउलाई ध्यानमा राखेर तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशनको पहलमा महानदी बुथ स्तरीय चुनाउ कमिटी गठन गर्नु हो।  सभालाई भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, समष्टि सचिव भगवती प्रधान, तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका संयोजक नवराज छेत्री, युवा शक्ति समष्टि सभापति केवल राई आदिले वक्तव्य राखे। सभामा वक्ताहरूले आगामी चुनाउलाई ध्यानमा राखेर पार्टीको सांगठनिक गतिविधि तेज गरेर लैजाने तथा पार्टीलाई सबैले मिलेर सांगठनिक रूपमा दह्रिलो पारेर लैजाने विषयमा बताए। वक्ताहरूले यसपाली हुने चुनाउमा महानदी क्षेत्रबाट गत चुनाउमा जस्तै पार्टीलाई विजय बनाउने आह्वान् गरियो। यसै सभामा आगामी चुनाउलाई ध्यानमा राखेर महानदी बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटीको पनि गठन गरियो। उक्त कमिटीमा सर्वसहमतिद्वारा को-अर्डिनेटर सुजन तामाङ, सह को-अर्डिनेटर अमृता गुरुङ, हेमेन्द्र देवान, रबीन छेत्री, रोजी राई, माला छेत्रीलाई चयन गरियो। यस सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको चुनाउ को -अर्डिनेशन कमिटीका संयोजक नवराज छेत्री, समष्टिको नारी शक्ति, युवा शक्तिको सभापति सचिवहरू लगायत अन्य भातृ संगठनहरूका प्रतनिधिहरू साथै महानदी बुथ स्तरीय कमिटीको प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *