महानदीमा साहित्यकार असीत राईको 82औंँ जन्म जयन्ती पालन

खरसाङ (निसं) : भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राईको जन्म जयन्ती महानदीमा पालन गरियो। महानदी हाई स्कूलमा साहित्यकार असीत राईको 82 औं जन्म जयन्ती कार्यक्रम समाजसेवी सूर्यनारायण प्रधानको अध्यक्षतामा र शिक्षिका अनुराधा छेत्रीको सञ्चालनमा सम्पन्न भयो। उक्त कार्यक्रमको साहित्यकार असीत राईको फोटोमा खदार्पणसहित धुप दीप प्रज्वलन गरेर शुरु गरियो भने यस अवसरमा असीत राईद्वारा लिखित कविताहरू विद्यार्थीहरूले पठन गरे। यस क्रममा महानदी हाई स्कूलको विद्यार्थीहरू क्रमैले आसनितिया प्रधान, कृष्ण लिला, अञ्जल राई, दुर्गा सुब्बा, निहाल खातीले कविताहरू वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार असीत राईको संक्षिप्त जीवनी शिक्षिका अनुराधा छेत्रीले प्रस्तुत गरिन् भने असीत राई जयन्ती विषयमा शिक्षक अशोक विश्वकर्मले जानकारी गराए। कार्यक्रममा सभाध्यक्ष सूर्यनारायण प्रधानले साहित्यकार असीत राई विषयमा विद्यार्थीहरूलाई बताए। कार्यक्रममा धन्यवाद ज्ञापन महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीले राखेका थिए। स्मरण रहोस, साहित्यकार असीत राईको जन्म 24 नोभेम्बर सन् 1940 मा भएको थियो भने मृत्यु 30 मार्च सन् 2019 मा भएको थियो। उनी भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *