महानदी युनाइटेड स्पोर्टिङ क्लबलाई पराजित गरेर युवराज ईलेभन सेमिफाइनलमा

खरसाङ (निसं): महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको तेस्रो क्वाटर फाइनल खेलमा महानदी युनाइटेड स्पोर्टिङ क्लबलाई पराजित गरेर युवराज ईलेभन सेमिफाइनलमा प्रवेश गरेको छ। आजको खेलमा युवराज ईलेभन 6 विकेटले विजय भएको छ। महानदीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 7 विकेट गुमाएर 78 रन बनाएको थियो। महानदीको तर्फबाट बिराजले 27 रन बनाए।


79 रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभनले मात्र 12 ओभरमा 4 विकेट गुमाएर म्याच जितेपछि सेमी फाइनलमा प्रवेश गरेको छ। युवराज ईलेभनको पक्षमा सिध्दार्थ शर्माले 42 रन बनाए भने 2 विकेट लिए वापत् तिनलाई “म्यान अफ् द म्याच” चयन गरियो। अब शनिवार चौथो क्वाटर फाइनल म्याच मित्र संघ गोलाई पाखा बनाम घैयाबारी ईलेभनमाझ हुने आयोजक समितिका शुभम प्रधानले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *