महानन्दा नदीबाट अवैध रूपले बालुवा निकालिइरहेको आरोप

सिलगढी : सिलगढीको महानन्दा नदीबाट अवैध रूपले बालुवा निकालिइरहेको मामिला प्रकाशमा आएको छ। फूलबारी-1 नम्बर ग्राम पञ्चायत अन्तर्गत कामरांगागुड़ी कालीमन्दिर घाटबाट प्रत्येक दिन लगभग 250 देखि 300 वटा वाहनहरूले अवैध रूपले बालुवा लिएर जाने गरेको आरोप रहेको छ। वैध सरकारी कागपत्र बिनै कसरी बालुवा निकालिइरहेको छ भन्नेबारे छानबिन गर्दा तृणमूल कांग्रेसको दुईवटा गुटमाझको मामिला अघि आएको छ। स्थानीय व्यवसायी नूर अलीले नदीबाट बालुवा निकाल्ने सरकारको अनुमति आफूसँग रहे तापनि रिन्यू गरेपछि कागजी कार्वाही पूरा नभएको कारणले गर्दा अनुमति रद्द गरिदिएको थियो भनी बताए। यसपछि स्थानीय केही व्यवसायीहरूले अवैध रूपले नदीबाट बालुवा निकालिइरहेको बताइएको छ। यस मामिलाबारे प्रशासनिक अधिकारीहरूलाई अवगत गराए तापनि कुनै कदम नउठाएको तिनले बताए। फूलबारी-1 नम्बर ग्राम पञ्चायत प्रधान नमिता करातीले यस अवैध कार्यमा कुन दलको सदस्य सामेल छ भन्नेबारे जानकारी नरहेको बताइन्। तथापिधेरैपल्ट यसबारे आफु समक्ष अभियोग आएपछि यस सम्बन्धमा जलपाईगढी जिल्लाशासक, भूमि राजस्व विभागका अधिकारी, न्यू जलपाईगढी पुलिस अनि मन्त्री गौतम देवलाई लिखित रूपमा अभियोग दर्ता गरेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.