महानन्दा नदीबाट अझ अर्को नवजात शिशुको शव उद्धार

सिलगढी : महानन्दा नदीबाट आज फेरि एकजना नवजात शिशुको मृतदेह उद्धार भएको छ। उक्त घटना सिलगढीको नौकाघाट संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले नौकाघाट नजिक पोडाझाड़मा महानन्दा नदीबाट नवजात शिशुको मृतदेह नदीमा तैरिरहेको देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त नवजात शिशुको शव उद्धार गर्यो। स्मरण रहोस्, यसभन्दा अघि हिजो पनि सिलगढीको महानन्दा नदीबाट एउटा नवजात शिशुको शव पुलिसले उद्धार गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *