महानन्दा नदी किनारको 22 वटा घाट सौन्दर्यीकरण कार्यको शिलान्यास

सिलगढी : सिलगढी नगरनिगमको पहलमा ग्रीन सिटी प्रकल्प तथा महानन्दा नदीको किनारमा रहेको 22 वटा घाटको सौन्दर्यीकरण कार्यको सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले दीप प्रज्ज्वलन गरेर आज शिलान्यास गरे। यस अवसरमा डेपुटी मेयर रामभजन महतो, सिलगढी महकुमा परिषदका सभाधिपति तापस सरकार, चेयरम्यान दिलीप सिंह, मेयर परिषदका शरदिन्दु चक्रवर्ती, कमल अग्रवाल, मुकुल सेनगुप्तलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। महानन्दा नदीलाई प्रदूषण मुक्तलगायत यसको सौन्दर्यीकरण गर्ने सिलगढी नगरनिगमले पहल गरेकोले गर्दा तिनीहरूको उक्त पहललाई वास्तविक रूप दिन केन्द्र सरकारको ग्रीन सिटी मिशन अघि आएको छ। मोठ 10 करोड 13 लाख रुपियाँको लागतमा उक्त परियोजना मार्फत् सालुगढादेखि नौकाघाटसम्म महानन्दा नदी किनारमा रहेको मोठ 22 वटा घाटको सौन्दर्यीकरण गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *