महानन्दा नदीको तटमा सेना वाहिनी तथा पुलिसले निष्क्रिय गरिदियो प्रतिबन्धित पटेकाहरू

सिलगढी: एनजेपी थाना पुलिस तथा सेना वाहिनीले अधिक मात्रामा प्रतिबन्धित पटेकाहरू निष्क्रिय गरिदिएको छ। आज नौकाघाट संलग्न महानन्दा नदीको तटमा अधिक मात्रामा प्रतिबन्धित पटेकाहरू निष्क्रिय गरिदिएको बताइएको छ। देशभरिमै पटेकामा प्रतिबन्ध लगाए तापनि केही व्यवसायीहरूले अवैध रूपमा पटेकाको व्यवसाय चलाइरहेको छ। यस वर्ष एनजेपी थाना पुलिसले अभियान चलाएर लगभग 10 टन प्रतिबन्धित पटेका उद्धार गरेको थियो भने अदालतको उक्त पटेकाहरू निष्क्रिय गर्ने आदेश दिएको थियो। यसैले आज सेना वाहिनीको सहयोगमा एनजेपी थाना पुलिसले महानन्दा नदीको तटमा उक्त पटेकाहरू निष्क्रिय गरिदिएको बताइएको छ। उक्त पटेकहरू निष्क्रिय गर्ने क्रममा कुनै प्रकार दुर्घटना नहोस् भन्ने उद्देश्य लिएर दमकल वाहिनी तैयार राखेको थियो। यस अवसरमा सेना वाहिनीका लेफ्टनेन्ट कर्नल बी मित्र, एनजेपी थानाका एसआई गौतम लस्कर लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *