महानन्दा नदीलाई ‘महानन्दा ड्राइभ’ बनाउने मागमा भाजपा-द्वारा अशोक भट्टाचार्यलाई ज्ञापन

सिलगढी : भारतीय जनता पार्टीको सिलगढी 5 नम्बर मण्डल कमिटीले मरिन ड्राइभ झैँ महानन्दा नदीलाई महानन्दा ड्राइभबनाउने लगायत अन्य मागहरूलाई लिएर सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। संगठनका अध्यक्ष अखिल विश्वासको नेतृत्वमा उक्त कार्यसूची ग्रहण गरिएको हो। भाजपाको 5 नम्बर मण्डल अध्यक्ष अखिल विश्वासले हाल नगर बोर्डले केवल कस्मेटिक विकासमा मात्र ध्यान केन्द्रित गरिरहेको तर सिलगढी सहरको समग्र विकासमा कुनै ध्यान नदिएको बताए। महानन्दा नदीको खनन तथा सौन्दर्यीकरण गरेर मानिसहरूको लागि आमोद-प्रमोदको व्यवस्था गरिनुपर्ने साथै यसलाई मरिन ड्राइभमा अनुकरण गरेर महानन्दा ड्राइभ-मा रूपान्तरित गरिनुपर्ने तिनले बताए। अर्कोतिर, अशोक भट्टाचार्यले सबैभन्दा पहिला सिलगढीवासीको सेवा अनि मात्र यस प्रकारको विकासबारे विचार गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *