महानन्दा नदीले बगाएपछि युवकको खोजी जारी

राजगञ्ज: गत 15 अगस्त स्वतन्त्रता दिवसको दिन फुलबारी महानन्दा ब्यारेज नजिक दुईजना युवक माछा मार्न गएको समय फुलबारी 1 नम्बर अञ्चलको जामुरीभिटा निवासी मानिक विश्वासलाई पानीको प्रवाह तेज भएको कारण नदीले बगाएर लगेपछि हालसम्म तिनी निखोज छन्। तिनको खोजी गर्न आज गोताखोरहरू नदीमा ओर्लिएका छन्। एनडीआरएफ-का टीमले आज बिहानैदेखि क्यानल तथा यसको छेउछाउका इलाकामा खोजी अभियान चलाइरहेको छ। स्मरण रहोस्, गत शनिबार बिहान मानिक आफ्ना साथी दिलीप दाससित फुलबारी ब्यारेजमा माछा मार्न गएका थिए। दुवैजना महानन्दा नदी पार गरिरहेको समय मानिकलाई नदीले बगाएर लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *