महानन्दा नदीमा बाँध भत्किने आशंका, भानुनगर इलाकावासी आतङ्कित

सिलगढी : सिलगढीको महानन्दा नदीको दुवै किनारमा सिँचाई विभागको तर्फबाट बाँध निर्माण गरे तापनि एक वर्ष नपुग्दै उक्त बाँध चर्किन थालेको छ। यसले गर्दा गत राति आएको वर्षाको कारण सिलगढी नगरनिगम अन्तर्गत पर्ने 43 नम्बर वार्डस्थित भानुनगर इलाकामा महानन्दा नदीको बाँध भत्किने सम्भावना रहेको छ। उक्त बाँध निर्माण कार्यमा निम्न स्तरको सर-समानहरू प्रयोग गरेको गाउँलेहरूले आरोप लगाएका छन्। गाउँलेहरूले बारम्बार सिँचाई विभागमा निवेदन गरेपछि उक्त बाँध निर्माण गरेको थियो भने एक वर्ष नपुग्दै बाँध भत्किन थालेको गाउँलेहरूको भनाइ रहेको छ। अर्कोतिर, वर्षाको कारण नदीको जलस्तर बढ़्न थालेको छ। वर्षा काल शुरू भएकोले गर्दा गाउँलेहरू चिन्तित बन्न पुगेका छन्। यस विषयमा प्रसाशनले कुनै ध्यान नदिएको साथै पूर्व पार्षद् रागिनी सिंहले पनि हालसम्म यस समस्याको समाधानको लागि कुनै पहल नगरेको स्थानीय विष्णु धरको आरोप रहेको छ। तथापि, 43 नम्बर वार्डकी पूर्व पार्षद रागिनी सिंहसित फोनमार्फत् सम्पर्क गर्ने प्रयाग गरे तापनि तिनले यस विषयमा केही बताउन चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes