महँगाई भत्ताको मागमा निखिल बंग शिक्षक समिति-को उत्तरकन्या अभियान, पुलिसले रोकिदियो र्‍याली

सिलगढी : महँगाई भत्ता लगायत अन्य विविध मागलाई लिएर निखिल बंग शिक्षक समितिले आन्दोलन गरेको छ। शिक्षक संगठनले आज उत्तरकन्या अभियान चलायो। संगठनको तर्फबाट सिलगढीको एसएफ रोडमा एउटा सभा गरेपछि र्‍यालीको माध्यमद्वारा उत्तरकन्या अभियान चलायो। सिलगढीको वर्द्धमान रोडमा विशाल पुलिस वाहिनीले शिक्षक संगठनको र्‍यालीलाई रोकिदियो। यसपछि संगठनका केही सदस्यहरूको एउटा प्रतिनिधि टोली उत्तरकन्या गएर माग पत्र बुझाए। यस विषयमा एबीपीटीका राज्य उपाध्यक्ष विप्लव झा-ले भने, यदि राज्यले चाँडै महँगाई भत्ता भुक्तान नगरेको खण्डमा राज्य सरकारको विरोधमा लगातार धरना प्रदर्शन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *