महापञ्चमीको अवसरमा नक्सलबारी रथखोला शिवाजी संघ-द्वारा रक्तदान शिविरको आयोजना

नक्सलबारी : महापञ्चमीमा नक्सलबारी रथखोला शिवाजी संघको तर्फबाट रक्तदान शिविरको आयोजना गरियो। सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा क्लब परिसरमा आज बिहान उक्त रक्तदान शिविरका आयोजना गरियो। उक्त शिविरमा क्लबका सदस्यहरू लगायत स्थानीय मानिसहरूले रक्तदान गरे। यस सम्बन्धमा क्लबका अध्यक्ष विद्युत दासले भने, हाल डेङ्गुको प्रकोप निक्कै बढ़ेको छ। यस्तो स्थितिमा रक्तको कमी पुरा गर्ने उद्देश्य लिएर आज रक्तदान शिविरको आयोजना गरिएको हो। यसबाहेक आज साँझ बस अनि चित्र बनाऊ प्रतियोगिता, ड्रग्समा आधारित नाटक तथा आदिवासी गीतहरू प्रस्तुत गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *