महाराजा अग्रसेन अस्पतालको छैटौँ स्थापना दिवस पालन

राजगञ्ज: फुलबारीको महाराजा अग्रसेन अस्पतालको छैटौँ स्थापना दिवस आज पालन गरियो। यस अवसरमा झण्डा उत्तोलन गर्नको साथै दीप प्रज्ज्वलन गरेर कार्यक्रम शुरू गरियो। यस विषयमा अस्पतालका चेयरम्यान अजय धनोटिवालाले बताएअनुसार आज महाराजा अग्रसेन अस्पतालको छैटौँ स्थापना दिवस पालनि गरिएको हो। चिकित्साको क्षेत्रमा समाजका मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर उक्त अस्पतालको निर्माण गरिएको तिनले बताए। यहाँका मानिसहरू उपचारको लागि अन्य राज्यमा जान नपरोस् साथै उक्त अस्पतालमा सदैव सटीक उपचार गरिने आफूहरूको प्रयास रहेको तिनले बताए। यस अवसरमा चेयरम्यान अजय धनोटिवाला, विशिष्ट अतिथि सुलोचना मानसी जाजोदिया, सचिव मुकेश कुमार सिंहल, मुख्य अतिथि जगदीश पीडी भूपाल, डा. पीके अग्रवाल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *