महाराजा अग्रसेन अस्पतालमा क्रिटिकल केयर एम्बुलेन्स परिसेवा शुरू

सिलगढी :  हृदय रोगीहरूको सुविधालाई ध्यानमा राखेर फुलबारी महाराजा अग्रसेन अस्पतालमा क्रिटिकल केयर एम्बुलेन्स परिसेवा शुरू भएको छ।  सिलगढी पुलिस कमिश्नर गौरव शर्मा एवम् एम्बुलेन्स दाता सुलोचना मानसीले आज उक्त एम्बुलेन्सको विधिवत् रूपमा उद्घाटन गरे। अस्पताल प्रबन्धक अनुसार कम्ती खर्चमा रोगीहरूलाई सेवा पुर्‍याउने साथै अस्पतालका हृदय रोगीहरूको असुविधालाई ध्यान राखेर उक्त एम्बुलेन्स परिसेवा शुरू गरिएको हो। सामाजिक कार्यकर्ता सुलोचना मानसीको सहयोगमा उक्त परिसेवा शुरू गरिएको हो। अर्कोतिर, अस्पतालका चेयरम्यान अजय धनोटीवालाले बताएअनुसार उक्त परिसेवा शुरू गरिएकोले अब गम्भीर रूपमा अस्वस्थ्य रोगीहरूलाई अन्य ठाउँमा स्थानान्तरित गर्नमा सजिलो हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *