महारानी बालिका विद्यालयको भवन जीर्ण अवस्थामा, कक्षा कोठाको छत भत्किँदा नवौँ श्रेणीका विद्यार्थीहरू बाँचे भाग्यले

दार्जिलिङ (निसं): दार्जिलिङको प्रतिष्ठित शैक्षिक संस्थान महारानी बालिका माध्यमिक विद्यालयको कक्षा 9-मा अध्ययनरत् विद्यार्थीहरू कक्षा कोठाको छत भत्किँदा भाग्यले जोगिएका छन्। विद्यालयको सिलिङ (छाना) जीर्ण भएकाले विद्यार्थीहरूलाई गत शुक्रबार मात्र शिक्षिकाले त्यो कोठाबाट अन्यत्र नजिकैको अर्को कोठामा सारेका थिए। विद्यालयकी शिक्षिका उमादेवी छेत्रीले घटनाबारे दिएको जानकारी अनुसार दिउँसो लगभग 12.30 बजे आफु पढाउँदै गरेको कक्षाकोठा नजिकैबाट ठूलो आवाज आएको सुनेर त्यहाँ पुगेर हेर्दा कक्षाको सिलिङसँगै छाना खसेको देखिन्। केही दिनअघि बाल-बालिकालाई त्यहाँबाट अर्को कक्षामा सारिएको मात्र होइन तर छतबाट बिजुलीको तार झुण्डिएको देखेपछि आज बिहान मात्र त्यो कक्षाकोठामा कोही पनि विद्यार्थी पस्न नसकोस् भनेर कोठामा ताला लगाइएको तिनले बताइन्।


स्कुल भवनको तेस्रो तल्लाका सबै कक्षाकोठाको अवस्था उस्तै रहेको र कुनै दिन पनि अप्रिय घटना घट्ने सम्भावना रहेको तिनले बताइन्। तिनले स्कुल भवनमा विद्यार्थीहरूका लागि वैकल्पिक कक्षाकोठा लिन सकिने अवस्था नभएको पनि बताइन्। शिक्षिका छेत्रीले अझ भनिन्, सन् 1908-मा स्थापना भएको यो महारानी बालिका माध्यमिक विद्यालयमा आफुले काम गरेको 40 वर्ष भयो तर यत्रो वर्षको अवधिमा कहिले पनि मरमति गरेको देखिन् तर स्कुल भवनमा एकपल्ट पेन्टिङ गरेको मात्र देखेंको छु। विद्यालयमा 5 देखि 12 सम्म कक्षाहरू भए तापनि यस स्कुल भवनमा कक्षा 5 देखि 10 कक्षासम्मको लागि मात्र कोठा छ। तिनले नवौ कक्षामा हाल 15 जना विद्यार्थीहरू अध्ययनरत् रहेको पनि जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *