महाशिवरात्रिमा सिलगढीको चाँदमुनी शिव मन्दिरमा पुजा गर्न आउने श्रद्धालुहरूको भीड

सिलगढी : आज महाशिवरात्रि हो। सिलगढीको दार्जिलिङ मोड नजिक रहेको चाँदमुनी शिव मन्दिरमा आज बिहानैदेखि भगवान शिवको दर्शन तथा जलाभिषेक गर्ने श्रद्धालुहरूको निक्कै भीड देखियो। चाँदमुनी मन्दिर परिसरमा कुनै प्रकार झैँ-झमेला नहोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाउँदै धेरै संख्यामा महिला तथा पुरुष पुलिसकर्मीहरू तैनाथ गरेको छ।


प्रत्येक वर्ष झैँ यस वर्ष पनि चाँदमुनी मन्दिर परिसरलाई भव्य रूपमा सजाइएको छ भने पुजा गर्न आउने भक्तहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने विषयमा पनि मन्दिर कमिटीको तर्फबाट विशेष ध्यान राखिएको बताइएको छ। यसको साथै यहाँ मेलाको पनि आयोजना गरिएको छ। स्मरण रहोस्, सिलगढीको चाँदमुनि मन्दिर निक्कै प्रसिद्ध मन्दिर हो। यस मन्दिरलाई लिएर केही पौराणिक कथा तथा मान्यताहरू रहेको छ। यसैले प्रत्येक वर्ष महाशिवरात्रिको दिन यस मन्दिरमा भगवान शङ्करको पुजा-अर्चना गर्न धेरै टाढा-टाढाबाट भक्तहरू आउने गर्दछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *