महात्मा गाँधीको जयन्तीमा सम्प्रीतिको तर्फबाट विविध कार्यक्रमको आयोजना

सिलगढी : राष्ट्रपिता महात्मा गाँधीको 151औँ जन्मजयन्तीको अवसरमा सम्प्रीतिको तर्फबाट कलेजपाड़ामा एउटा कार्यक्रमको आयोजना गरियो।  यस अवसरमा संगठनका सदस्यहरूले आज हजारौँ सडक आरोहीहरूलाई पकाएको भोजन वितरण गरे। संगठनले प्रत्येक वर्ष महात्मा गाँधी जयन्ती पालन गर्दै आइरहेको साथै यसपल्ट पनि महात्मा गाँधी जयन्ती पालन गरेर सडक आरोहीहरूलाई पकाएको भोजन वितरण गरेको संगठनका जयन्त करले बताए। यसबाहेक सिलगढी सहरका शीर्ष व्यक्तिहरूलाई कार्यक्रममा आमन्त्रित गरेर तिनीहरूलाई रुखको विरुवा प्रदान गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *