महात्मा गाँधीको सालिग स्थापित गर्नमा वञ्चित सिलगढी नगरनिगम

सिलगढी : सिलगढी सहरमा महात्मा गाँधीको सालिग स्थापित गरिने नगरनिगमको पूर्व निर्धारित कार्यक्रम रहे तापनि राज्य सरकारको अनुमति नपाएकोले गर्दा उक्त सालिग स्थापित नगरिने भएको छ। आगामी 2 अक्टोबरमा माहत्मा गाँधीको जन्म जयन्तीको अवसरमा सिलगढीको मुख्य डाकघरअघि तिनको सालिग निर्माण गरिने निर्णय लिएको थियो। यस कार्यमा राज्यको लोक निर्माण विभागले बाधा सृष्टि गर्नको साथै विभागले नगरनिगमविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको बताइएको छ। यसपछि उक्त मामिला राज्यका लोक निर्माण मन्त्री अरूप विश्वासले थाहा पाएपछि तिनले दुई दिनभित्रमा गाँधीको सालिग स्थापना गर्ने अनुमति दिइने आश्वासन दिएका थिए। सिलगढी नगरनिगमले हालसम्म पनि गाँधीको सालिग स्थापित गर्ने अनुमति नपाएकोले महात्मा गाँधीको मूर्ति स्थापित गर्नमा नगरनिगम वञ्चित रहेको अशोक भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *