महेन्द्र गाउँ युथ एशोसिएसनद्वारा मिरिक बाइपासमा राखियो डस्टबीन

मिरिक : मिरिक महेन्द्र गाउँ युथ एशोसिएसनले आज गाउँको बाइपास सडकमा जतासुकै फोहोर नफाल्ने सबैसित आग्रह गर्दै डस्टबिन राखिदिएको छ। युथ एशोसिएसनका जागरुक युवाहरूले साप्ताहिक कार्यक्रमलाई अघि बढाउँदै डस्टबीन राख्ने अभियान चलाएको हो। संगठनका अमन राईले गाउँलाई सफा राख्ने अभियानलाई अघि बढाउँदै जतासुकै फोहोर नफ्याँकेर डस्टबीनमा फ्याँक्ने बानी बसाल्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *