महेश अग्रवालसहित 3 जना सिलगढी नगरनिगमको सल्लाहकार नियुक्त

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट सहरको विकासको लागि केही महत्वपूर्ण निर्णयहरू लिइएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवको अगुवाईमा चार सदस्यीय प्रशासक बोर्डको गठन गरेर विभिन्न कार्यहरू गरिरहेको छ। यसै क्रममा सिलगढी लगायत उत्तर बंगालको चार्टर एकाउन्टेन्ट महेस अग्रवालसहित तीनजना व्यक्तिलाई सल्लाहकारको पदमा नियुक्ति गरिएको छ। प्रशासक बोर्डको बैठकमा हिजो नगरनिगमको सञ्चालनको लागि सल्लाहकारको पदमा पीआर मेहता, अरिन्दम मित्रा र महेश अग्रवाललाई नियुक्त गरिएको छ। तिनीहरू तीनैजना निःशुल्क परिसेवा दिनको लागि तत्पर रहेको गौतम देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *