महिलामाथि एसिड अट्याक गर्ने आरोपीद्वारा थानामा आत्मसमर्पण

सिलगढी : एउटी महिलामाथि एसिड हमला गरेको एक महीनापछि आरोपीले आज पुलिस सामु आत्मसमर्पण गरेको छ। प्राप्त जानकारीअनुसार गत 30 जुलाईमा अमरदीप साहा नाम गरेको एकजना व्यक्तिले सिलगढीको 35 नम्बर अन्तर्गत पर्ने जनतापाड़ामा एउटी महिलालाई एसिडले हमला गरेको थियो।  घटनापछि गम्भीर रूपमा घाइते भएकी महिलालाई अस्पतालमा भर्ना गरेको छ भने तिनको एउटा आँखा क्षतिग्रस्त भएको बताइएको छ। पीडित महिलाको परिवारका सदस्यहरूले आरोपीविरुद्ध एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आरोपीलाई पक्राउ गर्न असफल भए। अन्ततः आज आरोपीले स्वयम् एनजेपी थाना गएर आत्मसमर्पण गरेको छ। पुलिसले आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *