महिला फुटबल प्रतियोगितामा सिस्टर सेभेन कालीझोडा विजय

मङपु : कीर्तिमान स्पोर्टिङ कल्बको आयोजनामा सिम्ले गोटीलाइन मैदानमा सम्पन्न महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। रबिप्रसाद राईको अध्यक्षता सम्पन्न स्व. लिलावाती राई फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन एफसी रम्बी बजार बनाम सिस्टर सेभेन कालीझोडा माझ सम्पन्न भयो। सिस्टर सेभेनले कालीझोडाले 1 को विरुद्ध 3 गोल गरेर फल्गुन एफसी रम्बीलाई पराजित गरेर विजयी बन्यो। यसैगरी, अर्को खेल स्व: विष्णुलाल राई स्मृति फुटबल प्रतियोगितामा 13 वर्ष मुनिका नानीहरू सिम्ले युनाईटेड बोईज क्लब बनाम आरबीसीसी बीचकामन माझ भिडन्त भयो भने 2 को विरुद्ध 3 गोल गरेर सिम्ले युनाईटेड विजय  बन्यो। आजको फुटबल फाइनल खेलमा प्रमुख अतिथिको रूपमा डा. ज्ञानचन्द्र गुरुङ अनि विशिष्ट अतिथिहरूमा सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने, कुनोलोजिस्ट विश्वजीत चक्रवर्ती उपस्थित थिए। महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा निर्णयाकहरू तृलोक राई, सुस्मिता राई, प्रसिला तामाङ, सेनहाङमा सुब्बा उपस्थित  थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *