महिलाहरूको हितका लागि “दुर्गा वाहिनी” गठन

सिलगढी :  कामबाट घर फर्किएको समय गाँउका कतिपय पुरूषहरू बाटोमा तास खेल्न अनि रक्सीको अड्डामा जाने गरेको देख्ने गरिन्छ। यसले गर्दा तिनीहरूको गृहस्थी जीवनमा धेरै प्रभाव पर्ने गर्दछ। यति मात्र नभएर गाउँका युवाहरू पनि कुलततर्फ लागिरहेको देख्ने गरिन्छ। यसलाई केन्द्र गरेर यस विरूद्ध लड़्नको लागि अब फाँसीदेवा ब्लकको चटहाट ग्राम पञ्चायतको पेटकी गाँउमा महिलाहरूले “दुर्गा महिला वाहिनी” गठन गरेका छन्। दुर्गा महिला वाहिनीका सदस्यहरूले गाँउमा कुनै पनि ठाउँमा यदि महिलाहरूसँग दुर्व्यवहार गरे ती महिलाहरूको सहायताको लागि आफू अघि आउने तिनीहरूले बताए। अबदेखि गाउँमा तास अनि अवैध रम-रक्सीको अड्डा लगाउन नदिने तिनीहरूको भनाई रहेको छ। स्थानीय समाजसेवी बापन दासले बताए अनुसार यदि गृहिणिहरू यस प्रकारले अगाडि आए समाजमा नारीहरूले बराबर सम्मान हासिल गर्नेछन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *