महिलाहरूको सुरक्षाको लागि पुलिसको ‘रेस्पेक्ट वुमन’ अभियान शुरू, हेल्पलाइन नम्बर जारी

सिलगढी: सिलगढी मेट्रोपोलिटनमा नारीको सुरक्षा साथै महिलाहरूलाई सम्मान दिलाउनको लागि एउटा नयाँ अभियानको शुरूआत गरेको छ। ” रेस्पेक्ट वुमन” अभियानको उद्घाटन सिलगढी पुलिस कमिश्नर गौरव शर्मा, आईजी नार्थ बंगाल डीपी सिंह र सिलगढी नगर निगम प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले गरे। यस अवधि बाघडुग्रा एयरपोर्टको सबै ट्याक्सी अनि क्याब गाड़ीहरूमा ” रेस्पेक्ट वुमन” को लिफलेट टाँसियो भने हेल्प लाइन नम्बर 100, +91353 266 2210 र +91 70013 10127 जारी गरेको छ। यस अवसरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले भने, सिलगढी एउटा महत्वपूर्ण शहर हो। यस शहरमा एनजेपी रेल्वे स्टेशन र बागडुग्रामा एयरपोर्ट पर्दछ। प्रत्येक दिन यहाँ धेरै संख्यामा बाहिरबाट मानिसहरू आउने गर्दछन्। यसैले महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर “रेस्पेक्ट वुमन” नाम गरेर एउटा अभियानको शुरुआत गरिएको हो भनी तिनले बताए। यसको लागि हेल्पलाइन नम्बर, ईमेल आईडी जारी गरिएको पनि तिनले बताए। सिलगढी लगायत तराई, डुवर्स तथा पहाड़ जाँदा महिलाहरूलाई यदि कुनै समस्या परे जारी हेल्पलाइन नम्बरमा फोन गरेर जानकारी दिएको खण्डमा तत्कालै कार्वाही गरिनेछ भनी पुलिस अधिकारी गौरभ शर्माले बताए। अर्कोतिर, सिलगढी नगर निगमका चेयरम्यान गौतम देवले पनि सिलगढी मेट्रोपोलिटनको यस नयाँ पहलको प्रशंसा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *