महिलाहरूको सुरक्षाको लागि अलिपुरद्वारमा विनर्स वाहिनी गठन

अलिपुरद्वार :मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर अलिपुरद्वारमा महिला कमब्याट फोर्स विनर्स गठन गरियो। विनर्स वाहिनीले अलिपुरद्वार नगरपालिका इलाकामा 24 घण्टा कार्य गर्नेछ। उक्त वाहिनीले सहरको ऐन शृङ्खला रक्षा गर्नको साथै विशेष गरेर महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर विशेष कार्य गर्नेछ। सहरको महिलाहरूलाई कुनै प्रकारको समस्या भएको खण्डमा विनर्स वाहिनी तत्कालै त्यहाँ पुग्नेछन्। उक्त विनर्स वाहिनीमा हाल 25 जना विशेष प्रशिक्षण प्राप्त महिला कन्स्टेबल एवम् दुईजना सब इन्स्पेक्टर रहनेछन्। विशेष रूपले प्रशिक्षित विनर्स वाहिनी महिलाहरूको सुरक्षाको लागि यथेष्ट पारदर्शी रहने बताइएको छ। अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले विनर्स टोलीको आधिकारिक रूपमा उद्घाटन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *