महिलाहरूको स्वास्थ्य तथा सेनीटाइजेसन विषयमा जनचेतना कार्यक्रम

सुकेपोखरी: दार्जीलिङ हिल स्मल टी ग्रोवर्स एसोसिएसनको तत्वावधानमा महिलाहरूको स्वास्थ्य तथा सेनीटाइजेसन विषयमा जनचेतना कार्यक्रम सम्पन्न गरियो। समूहका महिलाहरूलाई लिएर आयोजना गरिएको यस कार्यक्रममा युनिप्याड्स कम्पनीका शोध व्यक्ति गीता सोलङकीले महिलाहरूको स्वास्थ्य सुरक्षाबारे विस्तृत जानकारी दिइन्। विशेष रजस्वाला भएको समय प्रयोग गरिने सेनेटेरि नेपकिनमा कतिपय रसायन मिश्रण एवम् पोलिथिन राखिएको हुनाले यस्तो समय स्वास्थ्यमा धेरै समस्या आउने भएको उल्लेख गर्दै तिनले युनिप्याड्स कम्पनीमा कार्यरत् महिलाले महिलाको निम्ति तयार गरेको नेपकिन केमिकल रहित रहेको बताइन्। तिनले महिनावारीको समय उक्त नेपकिन प्रयोग गरेको खण्डमा महिलाको स्वास्थ्यमा खासै बाधा उत्पन्न नहुने तिनको भनाई थियो। यसबारे टी ग्रोवर्स एसोसिएसनकी सचिवा निरूपमा गुरूङले थप जानकारी दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *